उ अहिले निदाएकी छे
बिउँझदा रात परेको हुन्छ
त्यो औंशीको रातमा
चम्किने झिल्को बनिदियौ तिमी
जुन मेरो जिन्दगीको बाटोमा चट्टान बनिदियौ
मैले हिँड्न लागेको बाटो भत्काइदियौ
जहाँ तिमी र म सँगै हिँड्ने कसम र वाचाहरुको
अनगिन्ती सपनाहरु समाहित थिए
यात्राबाट तिमी कम भएपछि
मलाई तिम्रो मह्त्व थाहा भयो
. मसँग तिमीलाई राख्ने हैसियत रै न रैछ
केहि घाउहरु मनै छुने गरी दुख्दिन्छन्
जुन घाउलाई पहिला म माया भन्थेँ
तिमीलाई भुल्न खोज्दा खोज्दै
एउटा पाठ बनिदियौ तिमी
गल्ती तिम्रो मात्र थिएन होला
गल्ती मेरो मात्र थिएन होला
गल्ती त हामी दुवैको थियो होला
दुख्छ मन, सम्हालिनु पर्छ
मेरो माया नि:स्वार्थ थियो
जुन तिमीले स्वार्थको लागि छाडिदियौ
गल्ती सबैबाट हुन्छ जुन प्राकृतिक पनि हो
तर त्यो प्राकृतिक गल्तीलाई कृत्रिमता ठान्नु तिम्रो भुल थियो
तिम्रो निर्णयमा म सहमत हुन पाउनु पर्ने थियो
के माया गर्दा चाहिँ दुइजनाको सहमति चाहिने
अनि माया टुट्दा चाहिँ एकजनाको मात्र निर्णय भए पुग्ने
यो त सरासर अन्याय थियो
तर म
मौन थिएँ
किन कि
खुशी जो थियौ तिमी
जुन खुशी मैले कयौँ महिना देखी हेर्न चाहन्थेँ
यस्तै रहेछ गुमिसकेको कुराहरू
धेरै अमूल्य लाग्दो रै छन्
जानु भन्दा अगि तिमीले भन्दिएको भए
म अहिले सम्म तड्पिन्न थिएँ होला
मलाई छाड्नुको कारण साँच्चि के थियो?
माया धेरै गरेजस्तो लाग्थ्यो तर
माया मैले मात्र गरेको रै छु
खै जिन्दगीले कुन मोड ल्याउँछ
म पनि बद्लिन्छु होला
तर अहिलेसम्म तिम्रो मायाले
यसरी अड्याएको छ नि
मानौँ तिमी अझै मेरी नै हौ
तिम्रो यादले बाँचेको मान्छे हुँ म
एकादेशको राजा 👑
No comments:
Post a Comment