केहि लेखु लेखु लाग्यो मलाइ
यहाँ केही लेख्नलाइ कलम किन्न पैसा चाहिन्छ
१० रुपैयाँमा कलम किने हजुर
नेपाली कलम परेछ यहाँ `मसि´ मा पनि
भ्रष्टाचार गरेको देख्न पाइन्छ
कहाँ गए ती भ्रस्टाचारिको मुखै हेर्दिन भन्नेहरु
अब कोहि नेपाली भोकै,नाङ्गै भएको दुखै हेर्दिन भन्नेहरु
मुखले त बोलिदियौ दाजै
नेपाली हौ हामी महङ्गाइले हाम्रो ढाड मज्जाले सेक्न पाइन्छ
न त कोहि रोक्नी आए
न त कोहि ठोक्नी आए
जति आए तिम्रै मान्छे आए
तिमी नै जाती मानी काधमा तिम्रो शिर बोक्नी आए
जनतालाइ आन्दोलनमा धकेल्छौ
पछाडी नेतृत्व आफै गर्छौ
बलात्कारिलाइ समात्छौ,सजाय दिन्छु भन्छौ
अनि बलात्कार पनि आफै गर्छौ
रावण पनि आफै पुज्छौ
लन्का पनि आफै जलाउछौ अलि पागल छौ क्या
छिमेक/छिमेकि भन्दा मरिहत्ते गर्छौ
कतै तिमि पनि छिमेकिकै बीउ/बिजन हौ क्या?
No comments:
Post a Comment