Saturday, 10 October 2020

 माया र म


अन्धेरो रात, एकान्त अनि म
जुनको किरण बनेको आफ्नै छाँया संगै कुरा गर्दै बसेको छु
तिम्रो माया, मिठास अनि म
तिम्रो पहिलो स्पर्स यादमा सम्हालेर राखेको छु

रातभरको फोनमा मिठो बोलाइ
अनि बिहानभरको मिठो सपनामा तिमीलाइनै देखेको छु
केहि नबोलि मनै मनबाट नै
यो जिवन तिमीलाइनै सुम्पी सकेको छु

त्यसैलेत विश्वास छ मलाइ
हुनेछै मात्र मेरी तिमी
हुनेछौ सधै संगै तिमी

टाढा दुरि, समय अनि हामी
एक अर्काको फोटो हेरि फोटोसंग झगडा गर्दैछै हामी
मनभरि माया, याद अनि हामी
टाढैबाट हात हल्लाएर एक अर्कालाइ इसारा गर्दैछै हामी

त्यसैलेत विश्वास छ मलाइ
हुनेछैँ नजिक एकदिन हामी
हात समाइ हिड्नेछैँ जुन दिन हामी

त्यसैलेत विश्वास छ मलाइ
हुनेछैँ नजिक एकदिन हामी
हात समाइ हिड्नेछैँ जुन दिन हामी


nischal tamang

 प्रस्न



बुद्धको देश नेपाल भन्छन्
शान्तिको देश नेपाल रे
तर आज के हुदैछ यहाँ
उथलपुथल किन हुदैछ यहाँ ।
जनताहरु भोकभकै किन मर्दैछन् यहाँ

म जवाफ चाहान्छु
म जवाफ चाहान्छु उहि संग
जसले यो देशको नेतृत्व गर्छन्
जो यो देशको अग्गरज हरु हुन

म जान्न चाहान्छु
किन विद्धवानहरु खाडि लाग्न बाध्य छन्
के उनिहरुलाइ आफ्नो देश घांडो भकै हो त
के उनिहरुलाइ आफ्नो मात्री भुमीको साृप लागेकै हो त

म बुझ्न चाहान्छु
अयोग्य,अन्पढ नेताहरुसंग
किन स्वर ठुला हुदैछ दुइ पास नगरेको मान्छेको
किन देश हाक्दैछ सिमा थाहा नभएको मान्छेले
किन हेपिदैछ मान्छे बाट मान्छे

जात,रङ्ग,बनावट
के यति नैहो बद्धले दिएको ग्यान
धनी गरिब
के यहि हो बुद्धको शिक्छ्या

म फेरि सोध्न चाहान्छु
के यहि हो बुद्धको देश



nischal tamang official 
writer 

Tuesday, 15 September 2020

 क्षेत्रप्रताप अधिकारी – लाको माया लाइन नभन

लाको माया लाइन नभन
थाहा पत्तो पाइन नभन
बिपनी मा हासे पनि सपनीमा रुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

बैगुनीले मारी भन्यो रे
दोधारैमा पारी भन्यो रे
तिम्रो बारे कताकता कुनि के के सुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

सँगै बस्ने बाचा नभुले
गोदावरी अन्तै नफुले
सिंदुर लाउने सधैं मुटुभरि बुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

दियो कलस पुजे पनि लौ
चोखो माया हुन खोजे नि लौ
म पनि त जता छोयो उतै तिमी छुन्छु
औंलाहरु चुमी हेर म त तेतै हुन्छु

 – हामी दुइ मिलि खेल्न लाई

हामी दुइ मिलि खेल्न लाई जान्थौँ पूर्व छ कट्ठामा
लुकिडुम खेल्दा म जित्थें सधै उ जित्थी गटटामा

कहिले काहीं म नि गाई हेर्न जान्थें रुद्रेको सट्टामा
चोरेर ल्याउथि उ धुले अचार हर्लिस को बट्टामा

सुन्बर्सी थान दुध लियी जन्थौँ बैसाखे मेलामा
जेरी र बरफ किनेर खान्थौँ फर्किने बेलामा

जिस्केर मैले केहि भने भने तरक्क रोइ दिन्थी
रिसाई फेरी झर्केर मलाई लाटीको पोइ भन्थी

टाडाको स्कूल बाटो थ्यो लामो गफमै काटिनथियो
मयुरको प्वाख लुकाई भित्र नोट कपि साटिनथियो

यस्ता थिए पल बालक कालका कहाँ गए बिलाई?
सम्झेर ल्याउछु हुर्केको मेरो सुनौलो “भेलाही”

Sunday, 13 September 2020

 – तिमीसँग त प्रेम पो भएछ

प्रिय बेगनास !
तिमीसंग त पहिलो नजरमै
प्रेम पो भएछ
लामो यात्रादेखि थकित पाइलाहरु
हिउँदका उदास आँखाहरु
तिम्रो शरदीय मुस्कानमा भुलेछन्
कस्तो अचम्म बेगनास
तिमीसँग त प्रेम पो भएछ ।

आफ्ना निश्छल आँखाहरु
एकोहोरो मैतिर टोलाउँदै
प्रतीक्षारत तिमी
उपत्यकाको माझमा लमतन्न सुतेर
मेरो आगमनको ,मेरो पवित्र प्रेमको
स्वागत गरेकी रहिछौै
कस्तो अचम्म बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
बेगनास तिम्रो वरिपरि त
हिउँदमा पनि वसन्ती हावा सुसाउँदोरहेछ
शरदीय सुुवास फैलँदोरहेछ
पानी पानी भन्दै मरेका
लाखौं मरुभूमिवासीको निम्ति
पृथ्वीको स्वर्ग बनेकी रहिछौ
त्यसैले बेगनास
तिमीसंग त प्रेम पो भएछ ।
मेरो धर्तिकी स्वर्ग तिमी
मेरो हृदयकी धड्कन तिमी
अलिकति पर हिमाल हँसाउदै
अलिकति वर आफू रमाउँदै
लाखौंको क्यामेरामा कैद भइछौ
तर पनि तिमी पवित्र छौ बेगनास
तिम्रो निर्मल प्रेमको सागरमा
डुबुल्की मार्ने मेरो धोको पूरा भयो
अचम्म बेगनास
तिमीसंग त प्रेम पो भएछ

तिमीले थाहै पाइनौ बेगनास
तिमीलाई मैले सुटुृक्क लुटिसकें
तिम्रा अधरको रस चुसिसकें
चाहे त्यसलाई तिमी स्वीकार गर
या बलत्कार भन
तिम्रा वक्षस्थलमा म रमाइसकें
अब तिमी केवल मेरी भयौ
म तिम्रो भएँ
त्यसैले त भन्छु बेगनास
तिमीसंग त प्रेम पो भएछ ।

बेगनास तिम्रो जवानी अचम्मको छ
अजीवको छ त्यो कहिल्यै बूढो हुदैन
कुनैबेला तिमीलाई लेखनाथले लुटे
कुनैबेला तिमीलाई माधवले लुटे
कुनैबेला तिमीलाई अलीदाइले लुटे
तिमीले धेरै कविबाट लुटिइसक्यौ
आज मैले लुटेँ
त्यसैले तिमी मेरी हौ बेगनास
कस्ता संयोग
तिमीसंग त प्रेम पो भएछ ।


Nischal tamang

Saturday, 12 September 2020

 र पनि बाँचेको जिन्दगी'

यहाँ रक्त पिपासुहरुको सङ्ख्या बढिरहेछ तर पनि म ती पिपासुहरु छिचोल्दै अघि बढिरहेछु..... भस्मकारीहरुको भिड,अरुलाई भस्म गर्न खोजिरहेछ तर पनि म ती भिड नै छिचोली हिँडिरहेछु..... कसलाई के थाहा जीवन के हो? जब मरणको दोसाँधमा पुगेर मान्छेहरु सुख दु:खका कुरा बाँडिरहेका हुन्छन् तब थाहा हुन्छ कि.... जीवन यस्तो पो रहेछ भनेर... कुलवन्तको राज चल्छ जहाँ निठुर्याइँहरु धप्धप्ती बलिरहेछ कङ्कालहरुलाई जलाइरहेछ तर पनि म कुलवन्त, निठुर्याइँहरुलाई छिचोल्दै साहसका साथ हिँडिरहेछु..... दीपिकाको उज्यालोले सन्सार हेर्न चाहनेहरु छल कपटमा परिरहेछ तर पनि म छल कपटको दुनियाँ नै छिचोली धित मर्ने गरि सन्सार हेरि रहेछु..... कुलवान्हरुलाई के थाहा जीवन के हो? अनि जीवन कति अमुल्य रहेको छ? उनीहरु त केवल परस्व हडपि अधीश्वर बन्न चाहन्छन् तर पनि म हार नमानी आफ्नो पाइला चालिरहेछु ती पिपासु,भस्मकारी,कुलवन्त, निठुर्याइँ अनि_छल कपटकै दुनियाँमा हाँसीहाँसी रमाइरहेछु.....

nischal tamang

Friday, 11 September 2020

 

😊😊

तीर जस्ता नयनमा अल्झिरहेकी मन हटाउँ कसरी

एकोहोरो नै प्रेम थियो तिमीसँग त्यो मैले घटाउँ कसरी

रहर जस्तो पनि लागेको थिएन हेर्नको लागी 

मननै विवश भएको झैँ अनुभुति भइरहेको थियो

जति घुर्छु उति नै आत्मियता बढिरहेको थियो झन झन

झुक्नै मान्दैनन् यी कोमल नेत्र अनि टाढिनै मान्दैन यो मन



माया त मनमा थियो तर यि दृष्टि भने ती गाँजलु आँखामै झल्किन्थ्यो

आकर्षित बनाउने खालको नै हुन्थेन भने ती दृष्टि 

किन यो मन पल्किन्थयो

उक्त ठाउँ छाडेर नजाउ है प्रिय भन्ने आतुुरमा पनि थिएँ म

यहि कुरा खेलाउँदै एउटा सानो प्रस्ताव पनि मन मनै दिएँ म 



जिद्दी गर्न थाल्छु अब त म झन

चाइएन मलाई मेरो भाग्यमा लेखेको

त्यहि कुरामा जिद्दी छु म अझै 

अरु केहि चाइएन अब 

केवल चाइयो त आफ्नै आँखाले देखेको💙💙


एकादेशको राजा

 – स्थितिचित्र

प्रचण्ड गर्मी, तातो ! तातो ! तातो !
मान्छेहरू बोसोदेखि गिदीसम्म पग्लिँदै गइरहेछन्
तरल ! तरल ! तरल !
शहर बाफिएको छ
उसिँनिदैछन् घरहरू
छटपट ! छटपट ! शहर छटपट !
मान्छेहरू अब आश निभाएर त्यसको खरानी तापिरहेछन्
जिन्दगी बोझलि, उराठ, लखतरान हिँडिरहेछ
लख्रक ! लख्रक ! लख्रक !

साँच्चै भनेको, म देखिरहेछु
मान्छेहरू माया मारेर कुन्नि के बाँचिरहेछन् ।

हिजो बेसकन पानी पर्यो
शहर स्तम्भित, मान्छे स्तम्भित
एकछिन अचम्म मानेर सबै मान्छेहरू हषिर्त भए
र मान्छेहरूले अब सम्झनाको खरानी
वर्षाको पानीसँगै बगाइदिए
उनीहरूसँग गर्नुपर्ने आश पनि छैन
सम्झिनुपर्ने कुरा पनि छैन
माया मार्ने कि गर्ने बिर्सिए मान्छेहरूले
उनीहरूसँग मार्नुपर्ने कारण पनि छैन
माया गर्नुपर्ने उद्देश्य पनि छैन ।

मान्छे आफ्नै स्वभावको बन्दी हो
ऊ आफूलाई जति स्वतन्त्र ठान्दछ
र आफ्नै निर्णयमा चल्ने ठान्दछ
त्यहीँनेर ऊ आफ्नै स्वभावको बन्धनमा पर्दछ ।

सुखमा उन्मत्त बन्छ
दुःखमा अत्तालिँदै लत्ता छाड्न खोज्छ
र, विगतका दुःखद अनुभूतिहरू
कहिलेकाहीँ मात्रै छ्वास्स सम्झिन
हृदयको बगलीमा राख्तछ ।

किन खोजीमा छैन मानिस नयाँ मार्गको ?
प्रत्येक कुरामा मुक्तिको ?


NIschal tamang

  – हेर!

न म देबता हुँ न त दानब हुँ।
कर्मलाई धर्म ठान्ने म त मानब हुँ।
न म हिरा हुँ न त मोति हँ।
तिम्रो दुःखको साथी म त भोकाको रोटि हुँ।
न म धनि हुँ न त गरिब हुँ।
तिमि सम्झमात्र म त तिम्रो करिब हुँ।
सुन!
न म बुद्ध हुँ न त हिटलर हुँ।
तिमि हेर यता म त दुबैको फिल्टर हुँ।
न म दिन हुँ न त राति हुँ।
सुःख-दुःखमा सघै म त तिम्रो साथी हुँ।
न म सोजो हुँ न त गध्दर हुँ।
शङ्का नगर तिमि म त ईमान्दार हुँ।


Nischal tamang

 तिमी मिठो हात मिठो गजलको आत मिठो

तिमी टाढा बसे पनी गजलको साथ मिठो

आउ आउ यसैगरी तिमी सधै तलतलमा
भेट्न पाउ सधैभरी हजुरको गाथ मिठो

लेखीदेऊ नमेटीने झलमल गर्ने तिम्रै माया
अमर अमर सुवास झै होस तिम्रै माथ मिठो

मन नजरले फन्को मार अंग अंग बदनमा
सपना खेल्दै बिपनामा होस तिम्रै साथ मिठो


Nischal tamang

 मनै त हो के बुझोस्

यसले तिम्रा इर्ष्याका अवलांसहरु
अलंकारमै हुन्छन सिमित बरु
दिंदैनन कुनै सारांश अरु

मनै त हो
के बुझोस् यसले
तिम्रा निन्दाका डिप्लोमेसीहरु
सौहार्द स्वीकार्छन बरु
आफ्नै वर्गीकृत हितैषीहरु

मनै त हो
के बुझोस् यसले
तिम्रा खोक्रा आदर्शका चट्टानहरु
ठोक्किएरै बस्छन बरु
बनिदिन्छ आफैमा बलवान अरु

मनै त हो
के बुझोस् यसले
तिम्रा सहानुभूतिका मलामीहरु
राम नाम जप्दै बरु
दिन्छन व्यंग्यात्मक सलामी अरु

मनै त हो
के बुझोस् यसले
तिम्रा आचरणका दीवारहरु
कैद हुन्छन आफ्नै इन्द्रियमा बरु
कैदी कैयौ हजार यहाँ लाचार अरु …


Nischal tamang