र पनि बाँचेको जिन्दगी'
यहाँ रक्त पिपासुहरुको सङ्ख्या बढिरहेछ तर पनि म ती पिपासुहरु छिचोल्दै अघि बढिरहेछु..... भस्मकारीहरुको भिड,अरुलाई भस्म गर्न खोजिरहेछ तर पनि म ती भिड नै छिचोली हिँडिरहेछु..... कसलाई के थाहा जीवन के हो? जब मरणको दोसाँधमा पुगेर मान्छेहरु सुख दु:खका कुरा बाँडिरहेका हुन्छन् तब थाहा हुन्छ कि.... जीवन यस्तो पो रहेछ भनेर... कुलवन्तको राज चल्छ जहाँ निठुर्याइँहरु धप्धप्ती बलिरहेछ कङ्कालहरुलाई जलाइरहेछ तर पनि म कुलवन्त, निठुर्याइँहरुलाई छिचोल्दै साहसका साथ हिँडिरहेछु..... दीपिकाको उज्यालोले सन्सार हेर्न चाहनेहरु छल कपटमा परिरहेछ तर पनि म छल कपटको दुनियाँ नै छिचोली धित मर्ने गरि सन्सार हेरि रहेछु..... कुलवान्हरुलाई के थाहा जीवन के हो? अनि जीवन कति अमुल्य रहेको छ? उनीहरु त केवल परस्व हडपि अधीश्वर बन्न चाहन्छन् तर पनि म हार नमानी आफ्नो पाइला चालिरहेछु ती पिपासु,भस्मकारी,कुलवन्त, निठुर्याइँ अनि_छल कपटकै दुनियाँमा हाँसीहाँसी रमाइरहेछु.....nischal tamang
No comments:
Post a Comment